दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, यस्ता छन् सम्भावित एजेन्डा

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक दिउँसो ३ बस्न लागेको हो ।

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक दिउँसो ३ बस्न लागेको हो । बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवाको तयारी गरेको बताइएको छ । यसअघि नै बढुवा समिति समितिले प्रशासनतर्फका सहसचिवहरु आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई बढुवाका लागि सिफारिस गरिसकेको छ ।

यसैगरी प्राविधिकतर्फ डा.जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ पनि सचिव बढुवाका लागि सिफारिस भएका छन् । प्रशासन र प्राविधिकतर्फबाट एक-एक जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी सरकारले गरेको छ ।