लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य, तोलाको कति ?
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला पाँच हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ३ हजार ८ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४ हजार ३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो ।