इसेवाको सीईओमा निरज शर्मा

इसेवा सञ्चालक समितिको भाद्र ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । इसेवा सञ्चालक समितिको भाद्र ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, रिटेल बैंकिङ तथा डिजिटल रूपान्तरणका क्षेत्रमा अनुभवी मानिन्छन् । डिजिटल वित्तीय सेवा, नवप्रवर्तन, रणनीतिक विस्तार तथा ग्राहककेन्द्रित सेवा विकासमा शर्माको अनुभव रहेको कम्पनीले जनाएको छ । टोली नेतृत्व र संस्थागत रूपान्तरणमा समेत उनले काम गरिसकेका छन् ।

शर्माको नेतृत्वले इसेवाको डिजिटल वित्तीय सेवा विस्तार तथा आगामी रणनीतिक योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास सञ्चालक समितिले व्यक्त गरेको छ । बदलिँदो ग्राहक आवश्यकता र डिजिटल भुक्तानीको विस्तारसँगै कम्पनीलाई थप सुदृढ बनाउन उनको नेतृत्व महत्वपूर्ण हुने इसेवाको भनाइ छ ।