भक्तपुरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी आज फेरि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको बताइएको छ । पक्राउको कारणबारे भने खुलेको छैन ।
प्रसाईं पटक(पटक पक्राउ पर्दै छुट्दै आएका छन् । अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।