ललितपुरमा साढे दुई तले घर ढल्यो, परिवार सुरक्षित
सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरीले जनाएको छ ।
काठमाडौं । ललितपुर महानगरपालिका(२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ । सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरीले जनाएको छ ।
जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने भएको छैन । सो घरमा थापाको तीन जनाको परिवार बस्दै आएको थियो ।
अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको प्रहरीको भनाइ छ ।