नारायणी पुलमा अड्किएको ‘क्रुज’ निकाल्न सेना र सशस्त्रसहितको टोली खटियो
अविरल वर्षाका कारण नारायणीमा आएको बाढीले पुलभन्दा करिब १०० मिटर माथि बाँधेर राखिएको होटर रिभर क्राउनको क्रुज सिप बगाएको थियो ।
काठमाडौं । आइतबार नारायणी नदीको पुल मुनि अड्किएको क्रुज सिप निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको छ । अविरल वर्षाका कारण नारायणीमा आएको बाढीले पुलभन्दा करिब १०० मिटर माथि बाँधेर राखिएको होटर रिभर क्राउनको क्रुज सिप बगाएको थियो ।
नारायणी नदीको पुलमा पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको क्रुज सिप निकाल्न सोमबार बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलबाट टोली खटिएको छ ।