उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

विज्ञापन
ncell

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले राजीनामा दिएकी छिन् । ग्यास आपूर्ति सहज बनाउने विषयमा छलफल भइरहेका बेला उद्योगमन्त्री गौरी यादवले व्यवसायीप्रति दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको थियो ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले राजीनामा दिएकी छिन् । ग्यास आपूर्ति सहज बनाउने विषयमा छलफल भइरहेका बेला उद्योगमन्त्री गौरी यादवले व्यवसायीप्रति दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको थियो । 

खासगरी, मन्त्रीले उद्योगीहरूलाई ‘पाता कस्ने’ तथा उद्योगको लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएपछि त्यसको विरोधन जनाउँदै व्यवसायीहरूले आपत्ति जनाएका थिए । 

ग्यास आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमसँग उद्योगीहरू बजारमा आपूर्ति कसरी नियमित गर्ने भन्ने विषयमा छलफल गरिरहेका थिए । सोही क्रममा उद्योग समितिको बैठकमा मन्त्री यादवले व्यवसायीप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् । 

व्यवसायीहरूले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधानका लागि सरकार र उद्योगीबीच सहकार्य र समन्वय आवश्यक रहेको अवस्थामा मन्त्रीबाटै धम्कीपूर्ण अभिव्यक्ति आउनु उचित नभएको बताउँदै सो अभिव्यक्तिले व्यवसायीलाई निरुत्साहित बनाएको बताएका थिए ।