पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै वैकल्पिक मार्गमा सवारी साधनको चाप बढ्यो

विज्ञापन
ncell

धादिङको कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ ।

काठमाडौं ।  धादिङको कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ । 

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो । सडक सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन् । 

मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक सडकमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ । राजमार्गका विभिन्न स्थानमा सडक बगाएका कारण मर्मत र पुनःसञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या वृद्धि भएको हो ।