सुन तोलामा ३ हजार १ सय र चाँदी ४० रुपैयाँले सस्तियो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजार १ सयले घटेर ३ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजार १ सयले घटेर ३ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ७ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ४० रुपैयाँले घटेर ४ हजार ७२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ७६५ मा कारोबार भएको थियो ।
