बेत्रावतीमा पुरिएको घरबाट एक महिलाको सकुशल उद्धार,हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

विज्ञापन
ncell

सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका-१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो ।

काठमाडौं । भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फस्नुभएका एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको छ । 

सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका-१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो ।

गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरिएको हो ।

उनी हिलोमा गाडिएको अवस्थामा हुनुहुन्थ्यो । थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको छ ।