माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

विज्ञापन
ncell

काठमाडौं । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ ।

नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट-४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।  

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।