माथिल्लो त्रिशुली ३ ए को सुरुङमा अड्किएका फोरम्यान साहलाई छाउनी ल्याइयो (तस्बिरसहित)
साह सोही आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत रहेका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण साह सुरुङमा फसेका थिए ।
काठमाडौं । माथिल्लो त्रिशुली '३ ए' जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका मेकानिकल फोरम्यान सञ्जय साहको आज सकुशल उद्धार गरी उपचारका लागि छाउनी ल्याइएको छ । शुक्रवार बिहान सुरुङबाट उद्धार गरी उनलाई काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको हो ।
आयोजनाको सुरुङमा फसेका साहलाई लामो प्रयासपछि जीवितै उद्धार गरिएको हो । उद्धार पश्चात उनलाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि ल्याइएको हो । साह सोही आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत रहेका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण साह सुरुङमा फसेका थिए ।
बाढीका कारण हालसम्म १ हजार २ सय जनाको निधन भइसकेको छ । अझै २ हजार २ सय भन्दा बढी नागरिक बेपत्ता रहेका छन् ।
