उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन: प्रचण्ड

विज्ञापन
ncell

रसुवाको भोटेकोशीबाढी पछि खोज र उद्धारमा सेनासँगै जनपरिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकिने बताएका छन् ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रसुवाको भोटेकोशीबाढी पछि खोज र उद्धारमा सेनासँगै जनपरिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकिने बताएका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले खोज तथा उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद् सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्र यो समस्याको समाधान गर्न सकिने बताए ।

उनले सरकारको कार्यशैलीमाथि समेत प्रश्न समेत उठाए । उनले विपद्को समयमा अन्य राजनीतिक दललाई समेत विश्वासमा लिएर जानुपर्नेमा प्रधानमन्त्री त्यसतर्फ गम्भीर नरहेको बताए । उनले प्रधानमन्त्री साहले आफ्नै दलका सांसदहरुलाई पनि विश्वासमा लिन नसकेको टिप्पणी पनि गरे ।