हर्क साम्पाङको पार्टीमा विवाद : केन्द्रीय बैठकमा सुदन किराँती समूहलाई बोलाइएन

विज्ञापन
ncell

धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दै बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा हालै एकता प्रक्रियाबाट पार्टीमा आएका सुदन किराँती समुहलाई नबोलाइएको खुलेको छ ।

विराटनगर । हर्क साम्पाङ नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा नयाँ विवाद सुरु भएको छ ।

धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दै बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा हालै एकता प्रक्रियाबाट पार्टीमा आएका सुदन किराँती समुहलाई नबोलाइएको खुलेको छ ।

बैठकमा आफु पक्षका नेताहरुलाई नाबोलाइएपछि किराँतीले आफुनिकट नेताहरुसँग छलफल थालेको बताइएको छ ।  साम्पाङ निकट एक नेताले भोलीको बैठकमा किराँती समुहलाई बोलाइएको दाबि गरेपनि यस बारे स्पष्ट जानकारी दिइएको छैन । 

किराँतीसहितका नेताहरु प्रलोपा छोडेर श्रम संस्कृति पार्टीमा समाहित भएका थिए । एकतापछि किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो भने किराँती पक्षलाई पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य दिइएको थियो ।