प्रतिनिधि सभाको बैठक बुधबार बस्दै, दलका नेताहरुले सम्बोधन गर्ने

विज्ञापन
ncell

बैठकमा भोटेकोशी बाढीपछिको विपद बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाको बैठक बुधबार दिउसो १ बजेदेखि बस्ने गरी निर्णय भएको हो । 

बैठकमा भोटेकोशी बाढीपछिको विपद बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् । बैठक भाद्र १७ र १८ गते दुवै दिन चल्ने जनाइएको छ। त्यसपछि ३ दिन सार्वजनिक विदा छ। त्यसपछि २२ गतेबाट सदन फेरि चल्नेछ ।

यसअघि भदौ १० मा भोटेकोशी नदीमा बाढी आएको दिनमा प्रतिनिधिसभाको बैठक बसेको थियो ।