त्रिशूली ३‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धार प्रयास तीव्र

विज्ञापन
ncell

एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारहरूको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ । ​नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उच्च प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको छ ।

काठमाडौं । बाढीका कारण रसुवास्थित त्रिशूली ३‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ । सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो र भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने कामलाई तीव्र रूपमा जारी राखेको छ । 

एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारहरूको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ । ​नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उच्च प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको छ ।

प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बाबजुद संयुक्त टोलीले सुरुङको मुख खोलेर उद्धार कार्यलाई अघि बढाउन निरन्तर प्रयास गरिरहेको छ । ​सुरुङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोली भित्र प्रवेश गर्नेछ ।