आजको बाढीले गल्छीका ४ घरमा क्षति

विज्ञापन
ncell

बाढीका कारण स्थानीयवासी त्रसित बनेका छन् । प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

काठमाडौं । आइतबार बिहान आएको बाढीले धादिङको गल्छी गाउँपालिका-४ मा चार घरमा क्षति पुर्‍याएको छ । चिरौंदी खोलामा आएको बाढीले खोलाको छेउमा रहेका चार घर बगाएको हो ।

स्थानीयका अनुसार भदौ १० गते आएको भीषण बाढीका कारण ती घरहरूमा यसअघि नै क्षति पुगेको र संरचना चर्किएको थियो । लगातारको वर्षापछि आइतबार बिहान पुनः खोलामा आएको बाढीले कमजोर बनेका घरहरू बगाएको बताइएको छ ।

बाढीका कारण स्थानीयवासी त्रसित बनेका छन् । प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।