तिब्बतको पहिरोपछि आएको बाढीबाट ९० हजारभन्दा बढी प्रभावित-रेडक्रस

विज्ञापन
ncell

नेपालका लागि इन्टरनेशनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी) का प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसरले दोस्रो बाढी आउन सक्ने सम्भावनालाई लिएर आफूहरू गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् ।

काठमाडौं । तिब्बतमा गएको पहिरोका कारण नेपालमा आएको बाढीबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएको अनुमान गरिएको छ । रेडक्रसले शुक्रबार उक्त जानकारी दिँदै प्रभावित क्षेत्रमा थप बाढी आउन सक्ने जोखिमप्रति चिन्ता व्यक्त गरेको छ ।

नेपालका लागि इन्टरनेशनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी) का प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसरले दोस्रो बाढी आउन सक्ने सम्भावनालाई लिएर आफूहरू गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् ।

‘हामी पक्कै पनि दोस्रो बाढीको बारेमा धेरै चिन्तित छौं,’ फिसरले भने । उनका अनुसार पहिरोका कारण बनेको तालको बाँध फुटेपछि आएको बाढीले राहत सामग्री बोकेका रेडक्रसका ट्रकहरूको आवागमनसमेत अवरुद्ध भएको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहे पनि सम्भावित थप बाढीको जोखिमका कारण सहायता र उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ ।