बाढी प्रभावितलाई सहयोग गर्न मुक्तिनाथ विकास बैंकले सरकारलाई दियो ५० लाख

विज्ञापन
ncell

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले प्रभावित भएकाहरूलाई सहयोग गर्न मुक्तिनाथ विकास बैंकले सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले प्रभावित भएकाहरूलाई सहयोग गर्न मुक्तिनाथ विकास बैंकले सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

बुधबार आएको बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अकल्पनिय र अत्याधिक मात्रामा जनधन गुमाउनु परेको र सो बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाको नदी तटिय क्षेत्रलाई प्रत्यक्ष र सो क्षेत्रमा विभिन्न उद्देश्यले रहेका देशविदेशका नागरिकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनधनको क्षति भएकोले समग्र बैंक मर्माहत भएको बताइको छ ।

देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउनु बैंकको पनि सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ ।