एभरेष्ट बैंकको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल दिने

विज्ञापन
ncell

बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने भएको छ ।

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको चुक्ता पुँजी हाल १३ अर्ब ६२ करोड १३ लाख ७५ हजार रुपैयाँ छ ।

गत वर्ष बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको थियो । लाभांशसम्बन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।