हेलिकप्टरमार्फत सेनाले गर्‍यो ८८ जनाको उद्धार

विज्ञापन
ncell

साथै काठमाडौंबाट प्रभावितहरूका लागि खाद्यान्न र कपडाहरू समेत ढुवानी गरिरहेको छ ।

काठमाडौँ । नेपाली सेनाले रसुवामा आएको बाढीका कारण प्रभावित भएका ८८ जनाको हवाई उद्धार गरेको छ । 

सेनाले रसुवा र नुवाकोट क्षेत्रबाट बाढीमा फसेका र घाइतेहरूको उद्धार गरेको हो। सेनाले बाढी प्रभावित क्षेत्रमा बिहानदेखि नै हवाई उद्धार गरिरहेको छ। त्यस्तै नुवाकोटको बट्टारमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ ।

साथै काठमाडौंबाट प्रभावितहरूका लागि खाद्यान्न र कपडाहरू समेत ढुवानी गरिरहेको छ ।