टाटाको सिएरा ईभी सार्वजनिक

विज्ञापन
ncell

यस गाडीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प पनि दिइएको छ । कम्पनीका अनुसार ७५ किलोवाट आवर ब्याट्री प्याकले फुल चार्जमा ६६५ किलोमिटरको रेन्ज प्रदान गर्छ ।

काठमाडौं । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा टाटा सिएरा ईभी सार्वजनिक गरेको छ । यस गाडीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प पनि दिइएको छ । कम्पनीका अनुसार ७५ किलोवाट आवर ब्याट्री प्याकले फुल चार्जमा ६६५ किलोमिटरको रेन्ज प्रदान गर्छ । 

फास्ट चार्जिङको सहायताले केवल १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटर सम्म चलाउन सकिने कम्पनीको दाबी छ। साथै कम्पनीले ब्याट्रीमा लाइफटाइम वारेन्टीसमेत उपलब्ध गराएको छ । टाटा सिएरा ईभीको बाहिरी डिजाइन निकै आकर्षक बनाइएको छ । यसमा अगाडि र पछाडि एलईडी हेडलाइट र टेललाइटको साथमा कनेक्टिङ एलईडी बार र १९ इन्चका अलोय ह्विल समावेश गरिएको छ । 

इन्टेरियरमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड फिचर, हाइपर हेड्स-अप डिस्प्ले र वायरलेस मोबाइल चार्जर जस्ता फिचर समावेश गरिएको छ। म्युजिक सिस्टमका लागि यसमा १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधिको उपलब्ध छ ।

सेफ्टीका लागि टाटा सिएरा ईभीमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड, लेभल २ एडास तथा अन्य अत्याधुनिक सेफ्टी फिचर समावेश गरिएको छ। यसमा बुस्ट मोड र रिल्याक्स मोडसहित कुल ६ वटा ड्राइभिङ मोड उपलब्ध छ ।

यसको फोर ह्विल ड्राइभ भेरिएन्टले ५०४ न्युटन-मिटर टर्क उत्पादन गर्छ। सो एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५.८ सेकेन्डमा हासिल गर्न सक्छ।

यो गाडीको मूल्य भने खुलाइएको छैन ।  यसमा फ्रिक्वेन्सीमा आधारित ड्याम्पिङ सिस्टमसहितको अल्ट्रा ग्लाइड सस्पेन्सन प्रयोग गरिएको छ । साथै ६२२ लिटर क्षमताको पछाडिको बुट स्पेस र ५० लिटरभन्दा बढी क्षमताको फ्रन्ट स्टोरेज पनि दिइएको छ । अटो शोमा यसअघि नै सार्वजनिक भएको टाटा पन्च ईभी, टियागो ईभी र नेक्सन ईभी पनि राखिएको छ ।