राष्ट्र बैंकसंग ६ बैंकले मागे लाभांशको प्रिएप्रुभल, दशैंअघि वितरण गर्ने तयारी
बैंकहरूले प्रिएप्रुभल पाएपछि लाभांश घोषणा गर्ने र भदौ मसान्तभित्र अन्तिम स्वीकृति पाए दशैंअघि नै साधारणसभा गरी लाभांश वितरण गर्ने तयारी गरेका छन् । बैंकरहरूका अनुसार यस वर्ष नगद लाभांशलाई प्राथमिकता दिने सम्भावना छ ।
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को लाभांश वितरणका लागि ६ बैंकले नेपाल राष्ट्र बैंकसँग प्रिएप्रुभल मागेका छन् । एभरेष्ट, सानिमा, नबिल, कुमारी, माछापुच्छ्रे र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वित्तीय विवरणको बाह्य लेखापरीक्षणपछि स्वीकृति मागेका हुन् ।
बैंकहरूले प्रिएप्रुभल पाएपछि लाभांश घोषणा गर्ने र भदौ मसान्तभित्र अन्तिम स्वीकृति पाए दशैंअघि नै साधारणसभा गरी लाभांश वितरण गर्ने तयारी गरेका छन् । बैंकरहरूका अनुसार यस वर्ष नगद लाभांशलाई प्राथमिकता दिने सम्भावना छ ।
अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता एभरेष्ट बैंकको ३८.३२ प्रतिशत, सानिमाको २०.८५ प्रतिशत, नबिलको १९.१ प्रतिशत, माछापुच्छ्रेको ७.५१ प्रतिशत र कुमारी बैंकको ३.०२ प्रतिशत छ ।
राष्ट्र बैंकले दशैंअघि नै लाभांश वितरण हुनेगरी स्वीकृति प्रक्रिया अघि बढाइरहेको जनाएको छ । प्रिएप्रुभलमा ढिलाइ भए लाभांश वितरण प्रक्रिया पनि लम्बिनेछ ।