सेयर बजार २६ सयमुनि झर्‍यो, कारोबार रकम ३ अर्ब २३ करोडमा सीमित

विज्ञापन
ncell

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २६ सय मुनि झरेको छ । सोमबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज नेप्से १९.१३ अंक घटेर २५९९.५८ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हो । सर्वोत्तम पेन्ट्सको सेयर निरन्तर आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १२ प्रतिशत बढेको छ । कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

सबै समूहगत सूचक झरेका छन् । जलविद्युत् सबैभन्दा धेरै १.१९ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा १।१२ प्रतिशत घट्यो । अरू समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।.सोमबार कारोबारमा आएका मध्य ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।