३ वर्षीया गरिमा चौधरीको हत्याप्रति सांसद आक्रोशित, कडा कानून बनाउन माग

विज्ञापन
ncell

सांसद चन्दले घटनाको सूचना पाउँदा पनि प्रहरीले तदारुकता नदेखाएको आरोप लगाउँदै गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाइन् । सांसद पुडासैनीले यस्ता अपराधीका लागि कारागारको सजाय मात्र पर्याप्त नहुने भन्दै कडा कानून निर्माण गर्न सदनको ध्यानाकर्षण गराइन् ।

काठमाडौं । सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक र प्राकृतिक विपत्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रिय सभाको शुक्रबारको बसेको बैठकको शून्य समयमा बैठकमा बोल्दै सांसदहरुले बाढी-पहिरो पीडितलाई राहत, बालिका हत्याका दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने र सुशासनका सवालहरू उठाएका हुन् । 

बैठकमा बाराको जितपुर सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको विषयले प्राथमिकता पाएको छ । सांसदहरू पूजा चौधरी, रेणु चन्द र विष्णुदेवी पुडासैनीले उक्त जघन्य अपराधको भत्र्सना गर्दै दोषीलाई कडा भन्दा कडा सजाय दिन माग गरे । सांसद चन्दले घटनाको सूचना पाउँदा पनि प्रहरीले तदारुकता नदेखाएको आरोप लगाउँदै गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाइन् । सांसद पुडासैनीले यस्ता अपराधीका लागि कारागारको सजाय मात्र पर्याप्त नहुने भन्दै कडा कानून निर्माण गर्न सदनको ध्यानाकर्षण गराइन् ।