सरकारको नियत ठिक छैन, विरोधीको आवाज थुन्ने खेल खेलिरहेको छ: किशोर श्रेष्ठ

विज्ञापन
ncell

उनले सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द खेल खेलिरहेको टिप्प्णी समेत गरे ।

काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् ।  उनले सञ्चाकर्मीसँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन् ।

उनले जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न कानूनी व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खडा गरि प्रतिशोध साँधेको आरोप लगाए ।

उनले सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द खेल खेलिरहेको टिप्प्णी समेत गरे । उनले सर्वोच्च अदालतको परमादेशले सञ्चारमाध्यममाथि सरकार थप आक्रात्मक हुने प्रयासमा रोक लगाएको पनि बताए । उनले राज्यको निरङ्कुशता र जंगलीतन्त्रविरुद्धको लडाइँ जारी रहेको पनि बताए ।

उनले आफ्नो गिरफ्तारी पेशागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही भएको टिप्पणी पनि गरे । जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्विका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो ।