सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने
बैंकले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
काठमाडौँ । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ६.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ । बैंकको भदौ १ गते सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रस्तावित लाभांशसहित बैंकको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र प्रस्तावित लाभांश वितरण हुनेछ ।
यसअघि बैंकले लाभांश वितरणका लागि आवश्यक वित्तीय तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि तोकिएको मितिसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।
