एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरुको लाभांश घोषणा, कुनको कति ?

विज्ञापन
ncell

लाभांश वितरण प्रयोजनका लागि तीनवटै योजनाको बुक क्लोज भदौ ८ गते गरिने भएको छ ।

काठमाडौँ । एनएमबी क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई लाभांश वितरण गर्ने भएका छन् । क्यापिटलले एनएमबि फिफ्टीका इकाईधनीहरुका लागि ३.१५ प्रतिशत, एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ का लागि १० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल २ का लागि ४.५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साउन २९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनका लागि तीनवटै योजनाको बुक क्लोज भदौ ८ गते गरिने भएको छ । त्यसअनुसार बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम इकाईधनी प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले प्रतिफल वितरणसम्बन्धी निर्णय नियामकीय स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा भएपछि कार्यान्वयन गरिने जनाएको छ ।