किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै आज नेपाल बारका अध्यक्ष डा. विजय मिश्रसहित वरिष्ठ अधिवक्ताहरूले अदालतमा बहस गरेका थिए। बहसमा शम्भू थापा, केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउतलगायत कानून व्यवसायी सहभागी थिए ।
काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रहरीलाई थप अनुसन्धानका लागि म्याद दिएको हो ।
श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै आज नेपाल बारका अध्यक्ष डा. विजय मिश्रसहित वरिष्ठ अधिवक्ताहरूले अदालतमा बहस गरेका थिए। बहसमा शम्भू थापा, केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउतलगायत कानून व्यवसायी सहभागी थिए ।
प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको जनाएको छ ।
श्रेष्ठ हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनको रिहाइको माग गर्दै पत्रकारसम्बन्धी विभिन्न संघसंस्थाले प्रदर्शनसमेत गर्दै आएका छन् ।