माण्डु हाइड्रोपावरको २ वर्षको लाभांस एकैपटक, बोलायो साधारण सभा

विज्ञापन
ncell

आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट १० प्रतिशत बोनस सेयर र करवापत ०.५२६३ नगद लाभांस र आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चित नाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

काठमाडौ । माण्डु हाइड्रोपावरले दुई आर्थिक वर्षको लाभांश एकै पटक दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट १० प्रतिशत बोनस सेयर र करवापत ०.५२६३ नगद लाभांस र आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चित नाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । दुई वर्षको लाभांस प्रस्ताव पारित गर्न भदौ १८ गते १४ औँ तथा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा नेपाल बैंक्वेट, नयाँबजार काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ ।

साधारण सभाले लाभांस प्रस्ताव पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ५ गते एक दिनका लागि बुकक्लोज मिति तय गरेको छ । भदौ ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।