सेयरधनीलाई १५% लाभांश दिने कामना सेवा विकास बैंकको निर्णय

विज्ञापन
ncell

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

काठमाडौँ । कामना सेवा विकास बैंकले आ।व। २०८२/८३ को संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पुँजी तथा सो अवधिको नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।