साताको अन्तिम दिन ४.०५ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७७ करोडमा खुम्चियो

विज्ञापन
ncell

आज आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसुचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बिहिबार घटेर बन्द भएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । 

आज नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ को विन्दुमा कायम भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहिबार ४ अर्ब ६२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको शुक्रबार भने ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।  आज आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले कमाएका हुन् । एचएलआई लार्ज क्याप फन्डका इकाईधनीले ५.१८ प्रतिशतका दरले कमाएका छन् । 

 आज सबैभन्दा धेरै सोलु हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको २३ करोड २ लाख रुपैयााको सेयर कारोबार भएको छ भने सानिमा बैंकको १७ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

शुक्रबार ८६ कम्पनीको सेयर मूल्य घट्दा १८४ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर छ ।