प्राथमिक बजार सुधारको रणनीतिसहित धितोपत्र बोर्डद्वारा श्वेतपत्र सार्वजनिक

विज्ञापन
ncell

यो श्वेतपत्रको मुख्य उद्देश्य विद्यमान प्राथमिक पुँजीबजारको समग्र मूल्यांकन गर्ने रहेको छ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजारमा गुणस्तरीय विकासका लागि दीर्घकालीन लक्ष्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ ।

बोर्डले साउन २१ गते चालू आर्थिक वर्षको नीतिको नियामकीय सुधारकार्य अघि बढाउने क्रममा सार्वजनिक निष्कासन व्यवस्थापनमा गुणस्तरीय विकासका लागि प्राथमिक पूँजीबजारको दीर्घकालीन लक्ष्यसहित नेपालको प्राथमिक पूँजीबजार विकास सम्बन्धी श्वेतपत्र, २०८३ सार्वजनिक गरेको हो । यो श्वेतपत्रको मुख्य उद्देश्य विद्यमान प्राथमिक पुँजीबजारको समग्र मूल्यांकन गर्ने रहेको छ।

यसैगरी संरचनागत समस्या तथा सुधार भएका आवश्यक क्षेत्रहरुको पहिचान गर्नुपर्ने पनि श्वेतपत्रको मुख्य उद्देश्य रहेको छ। अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गर्नु, नेपालका लागि उपयुक्त सुधार मोडेल प्रस्ताव गर्नु, सार्वजनिक निष्कासन निष्कासन प्रणालीलाई बजारमा आधारित बनाउनु र लगानीकर्ता संरक्षण सुदृढ गर्नुपर्ने श्वेतपत्रको मुख्य उद्देश्य रहेको छ। धितोपत्र बोर्डले श्वेतपत्रमा कानुनी तथा नियामकीय सुधारका आधार तयार पार्नु, संस्थागत क्षमता अभिवृद्धिको मार्गचित्र प्रस्तुत गर्नु, डिजिटल प्राथमिक पुँजीबजारको विकासलाई प्रवर्द्धन गर्नु र दीर्घकालीन पुँजीबजार विकासमा योगदान पुर्याउनु रहेको उल्लेख छ ।

यसअन्तर्गत पहिलो चरणमा एक वर्षभित्र नीति तथा कानूनी सुधार ९ऐनरनियमावली संशोधन, बुक बिल्डिङ समीक्षा आदि० दोस्रो चरणमा एकदेखि २ वर्षभित्र संस्थागत तथा प्रविधिगत सुदृढीकरण (डिजिटल आईपीओ, ई-केवाईसी, रेगटेक, सफ्टेक आदि)र तेस्रो चरणमा २ देखि ५ वर्षभित्र उन्नत बजार विकास (पूर्ण रुपमा बजार-आधारित मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता तथा एंकर लगानीकर्ताको प्रवेश आदि) गर्ने योजना बोर्डको छ ।

यस श्वेतपत्रलाई प्राथमिक बजारमा आईपीओ प्रणालीको सुधारमामात्र सीमित नरही राष्ट्रिय पूँजी निर्माण, निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकासमार्फत नेपालको समग्र आर्थिक रुपान्तरणको रणनीतिक आधारपत्रको रुपमा बोर्डले प्रस्तुत गरेको छ । यो श्वेतपत्रले सार्वजनिक निष्कासन प्रणाली, आईपीओ मूल्य निर्धारण प्रणाली, सार्वजनिक निष्कासन बाँडफाँट प्रणाली, संस्थागत लगानीकर्ता सुधार, मर्चेन्ट बैंक र विक्री प्रबन्धकको फ्रेमवर्क, सूचना प्रवाह र अवधारणा प्रणाली, डिजिटल प्राथमिक बजार इकोसिस्टम, नियामकीय तथा संस्थागत सुधार र कानूनी सुधारलाई प्रमुख विषय बनाएको छ ।

यो श्वेतपत्र कार्यान्वयनको मुख्य जिम्मेवार निकायहरूमा सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मर्चेण्ट बैंकर्स, आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, योग्य संस्थागत लगानीकर्ता र सूचीकृत कम्पनीहरू रहेको समेत बोर्डले स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले नीतिगत समर्थन तथा आवश्यक कानूनी सुधार, नेपाल धितोपत्र बोर्डले नियमन, निर्देशन, सुपरिवेक्षण तथा सुधार समन्वय, नेप्सेले सार्वजनिक निष्कासनपछिको सूचीकरण तथा पूर्वाधार, सिडिएस एण्ड क्लियरिङले निक्षेप, अभिलेख तथा डिजिटल प्रक्रिया, मर्चेण्ट बैंकर्सले निष्कासन तथा विक्री प्रबन्धक र ड्यू डिलिजेन्स, आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाले आवेदन तथा रकम व्यवस्थापन, योग्य संस्थागत लगानीकर्ताले प्रभावकारी मूल्य अन्वेषण र सूचीकृत कम्पनीहरूले सूचना प्रवाह, सुशासन तथा नियामकीय अनुपालनको जिम्मेवारी पूरा गर्नुपर्ने समेत बोर्डले श्वेतपत्रमै खुलाएको छ ।

हाल प्राथमिक बजारमा निष्कासनमा आउने धितोपत्र खरीदका लागि धेरै गुणा आवेदन पर्ने र थोरै लगानीकर्ताले मात्र आईपीओ पाउने चुनौतीलाई बोर्डले औंल्याएको छ । 

प्रकाशन भएका दस्तावेजहरू

6a75723147f66_1786081841.pdf