घट्यो सेयर बजार, बढ्यो कारोबार रकम, रिडी पावरमा झुम्मिए लगानीकर्ता

विज्ञापन
ncell

बुधबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको नेप्सेमा बिहीबार भने ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ४ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार सेन्सेटिभ इण्डेक्स २.६२ अंक, फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक घटेका छन् ।

काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । बुधबार झिनो अंकले बढेको नेप्से बिहीबार भने दोहोरो अंकले घटेर बन्द भएको हो ।

बिहीबार नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा रोकिएको छ । नेप्से घटेपनि बिहीबार कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको नेप्सेमा बिहीबार भने ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ४ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार सेन्सेटिभ इण्डेक्स २.६२ अंक, फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक घटेका छन् ।

बिहीबार अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएसँगै मूल्य बढेर प्रतिकित्ता ४०७ रुपैयाँ २० पैसामा अडिएको छ । बिहीबार अन्य कम्पनीहरुको मूल्य बृद्धिदर अधिकतम ५ प्रतिशतभन्दा तलै रहेको छ भने सर्वाधिक मूल्य घट्ने सूचीमा रहेको म्यूचुअल फण्ड ‘एलएस होराइजन १२’ को इकाईमूल्य ६.५ प्रतिशतले घटेको छ।

बिहीबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ४७ करोड २४ लाख रुपैयाँबराबरको सेयर खरिद विक्री भएको । बिहीबार २०२ कम्पनीको सेयर मूल्य घट्दा ६४ कम्पनीको मूल्य बढेको र १० कम्पनीको मूल्य स्थिर छ ।