सामान्य अंक बढ्यो नेप्से, ४ अर्ब ४० करोडको कारोबार

विज्ञापन
ncell

पछिल्ला १२ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको एभरेष्ट कलरको सेयरमूल्य आज भने सर्वाधिक ९.०३ प्रतिशत घटेको छ ।

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । दुई कारोबार दिन घटेर बन्द भएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ४.७९ अंक बढेर २६६७.९७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

सोलु हाइड्रोपावरको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । शिखर पावरका लगानीकर्ताले ५.९१ प्रतिशतका दरले कमाएका छन् भने रिडी पावरका लगाीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् । 

पछिल्ला १२ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको एभरेष्ट कलरको सेयरमूल्य आज भने सर्वाधिक ९.०३ प्रतिशत घटेको छ ।  कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड १० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको करिब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.६० प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक ०.५० प्रतिशतको गिरावट देखिएको छ।

बुधबार १२२ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।