निर्मल पुर्जाको खोजी र उद्दारका लागि 'ब्रोड पिक' हिमाल जाँदै मिङ्मा डेभिड शेर्पा
मिङ्मा डेभिडले अझै पनि सकारात्मक खबरको अपेक्षा रहेको उल्लेख गर्दै निर्मल पुर्जाको स्याटलाइट ट्र्याकिङ डाटामा गतिविधि देखिइरहेको बताए।
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा परेर बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लगायतको खोजी तथा उद्धारमा सहभागी हुन मिङ्मा डेभिड शेर्पासहित तीन सदस्यीय नेपाली टोली पाकिस्तान प्रस्थान गर्ने भएको छ ।
पाकिस्तानस्थित विश्वको १२ औं अग्लो ब्रोड पिक ९८,९४७ मिटर० हिमालमा गएको भीषण हिमपहिरोमा परेर प्रख्यात कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ बेपत्ता भएका हुन् । हिमपहिरोमा परेर उनिसहित १० जना बेपत्ता भएका थिए हालसम्म चार जनाको शव फेला परेको पुष्टि भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसमेत रहेका मिङ्मा डेभिड शेर्पाले आफू शुक्रबार नै कतार हुँदै पाकिस्तान जान लागेको जानकारी दिएका छन्। टोलीमा उच्च हिमाली क्षेत्रमा उद्धार उडानको अनुभव भएका एक हेलिकोप्टर पाइलट पनि सहभागी हुने उनले बताएका छन् ।
उनले खोजीका लागि हेलिकोप्टर घटनास्थल पुगेको भए पनि अहिलेसम्म फर्किन नसकेको जानकारी दिँदै मौसम अनुकूल रहेको बताए। मिङ्मा डेभिडले अझै पनि सकारात्मक खबरको अपेक्षा रहेको उल्लेख गर्दै निर्मल पुर्जाको स्याटलाइट ट्र्याकिङ डाटामा गतिविधि देखिइरहेको बताए। उनका अनुसार यसले खोजी तथा उद्धार टोलीलाई थप आशावादी बनाएको छ।
बिहीबार ब्रड पिकमा आएको हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक चिनियाँ र एक अमेरिकी गरी १० जना आरोही बेपत्ता भएका थिए। हालसम्म चार जनाको शव फेला परेको पुष्टि भइसकेको छ भने बाँकी आरोहीहरूको खोजी तथा उद्धार अभियान जारी छ।