दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।
काठमाडौं । स्मार्ट टेलिकम प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।
भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेको सीआईबीले जनाएको छ।
सीआईबीले सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउन काम गराएको आरोपमा भण्डारी माथि अनुसन्धान गरिरहेको थियो । दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट टेलिकमले २०७० वैशाखमा अनुमति पाएको थियो।
तर अनुमतिपत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो ।
यसपछि टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र सञ्जाल स्वतः प्राधिकरणको स्वामित्वमा जानु पर्ने थियो। लाइसेन्स खारेजीपछि स्मार्ट टेलिकमको व्यवस्थापनका लागि सरकारले नियमावली नै बनाएर प्राधिकरणमार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको थियो । ब्युरोले वैशाखमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई गरेको थियो।