वीरगञ्जको नारायणी अस्पतालको घटनाले मुलुक पिरल्यो, आज देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा बन्द

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, तोडफोड र जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा प्रहरीद्वारा गरिएको दुर्व्यवहारको विरोधमा आज देशभरका स्वास्थय सेवा बन्द गरिएको हो ।

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, तोडफोड र जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा प्रहरीद्वारा गरिएको दुर्व्यवहारको विरोधमा आज देशभरका स्वास्थय सेवा बन्द गरिएको हो । 

संघले सोमबार विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको हो । साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै अस्पताल परिसरमा तोडफोड भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनबाट बिरामीहरूमा पर्न जाने असुविधाको लागि क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं रहेको व्यहोरा समेत जानकारी गराउँदछौं ।’

यस्तो छ विज्ञप्ति