नेप्सेमा ३७ प्रतिशतको 'क्र्यास' देखियो, आखिर के हो कारण?
कारोबार समय सकिँदा ठिक अवस्थामा भएपनि प्राविधिक समस्याका कारण यस्तो देखिएको नेप्सेले जनाएको छ ।
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक्कासी १००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेको देखिएको छ ।
उक्त तथ्यांकअनुसार नेप्से एकैदिन ३७ प्रतिशतले घटेको देखिएको छ । तर, हालको बजार व्यवस्थाअनुसार नेप्से परिसूचक एक कारोबार दिनमा अधिकतम ८ प्रतिशतसम्म मात्रै घटबढ हुन सक्ने व्यवस्था छ । त्यसैले प्रणालीमा देखिएको यो तथ्यांकप्रति लगानीकर्ता र ब्रोकरहरूले प्रश्न उठाएका छन् । शुक्रबार कारोबार बन्द हुँदा नेप्से ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको थियो ।
कारोबार समय सकिँदा ठिक अवस्थामा भएपनि प्राविधिक समस्याका कारण यस्तो देखिएको नेप्सेले जनाएको छ ।
