एक दिनको ‘करेक्सन’पछि सेयर बजार बढ्यो, कारोबार रकम घट्यो
बुधबार १३.९५ अंकले घटेको नेप्से बिहीबार भने १४.१७ अंकले बढेर २७२६.७२ अंकमा उक्लिएको छ । यसअघि लगातार ६ दिन नेप्से बढेपछि बुधबार ‘करेक्सन’ भएको थियो ।
काठमाडौं । बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुधार आएको छ ।
बुधबार १३.९५ अंकले घटेको नेप्से बिहीबार भने १४.१७ अंकले बढेर २७२६.७२ अंकमा उक्लिएको छ । यसअघि लगातार ६ दिन नेप्से बढेपछि बुधबार ‘करेक्सन’ भएको थियो । बिहीबार प्रिओपन कारोबारमा करिव १७ अंकले घटेको नेप्से १२ः२५ तिर २६८९ विन्दुसम्म झरेको थियो । तर, त्यसपछि नेप्सेमा क्रमिक सुधार देखिन थाल्यो र दोहोरो अंकले बढेर बजार बन्द भयो ।
नेप्से बढेपनि बिहीबार कारोबार रकम भने घटेको छ । बिहीबार १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेचबाट ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँबराबरो कारोबार भयो । यसअघि बुधबार ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो । बिहीबार सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा एभरेस्ट कलर रहेको छ । एभरेस्ट कलरको १५ प्रतिशतले मूल्य बढेर प्रतिकित्ता सेयर मूल्य ५६६ रुपैयाँ २० पुगेको छ । एभरेस्ट कलरलाई स्नो रिभर्सको मूल्य १३.७१ प्रतिशत बढेको छ । बिहीबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ। यसदिन १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर छ ।
कारोबार रकमका आधारमा बिहीबार रिलायन्स स्पिनिङ्ग मिल्सले सबै कम्पनीलाई उछिनेको छ । रिलायन्सको बिहीबार २८ करोड ३३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यसैगरि आँखु खोला जलविद्युत कम्पनीको साढे २७ करोड रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको छ ।
