नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वसीइओ रिमाल पक्राउ, धितोपत्र र बीमा कसुरमा फरार प्रतिवादी
विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएका धितोपत्र र बीमा सम्बन्धी कसुरमा रिमाललाई अदालतको आदेशमा नियन्त्रणमा लिएको सीआइबीले जनाएको छ ।
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले बिहीबार काठमाडौंको सिफलबाट रिमाललाई पक्राउ गरेको हो । विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएका धितोपत्र र बीमा सम्बन्धी कसुरमा रिमाललाई अदालतको आदेशमा नियन्त्रणमा लिएको सीआइबीले जनाएको छ ।
ब्युरोका एसएसपी अनुपम शमशेर जबराकाअनुसार रिमाललाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा हाजिर गराइएको छ । बुधबार मात्रै सीआइबीले शंकर अग्रवाललाई पक्राउ गरेको थियो । टिपक भट्टलगायतका प्रतिवादीहरुले विभिन्न मुद्धाको सामना गरिरहेका छन् ।
रिमाल जोडिएका दुई मुद्दा जिल्ला अदालत काठमाडौंमा जेठको अन्तिम साता दर्ता भइसकेका छन् । यही मुद्धामा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटी मागिएको छ ।