मेची, बीपी देखि पृथ्वी राजमार्गसम्म अबरुद्ध, यी हुन आज राती सवारी साधन नचल्ने १० सडक

विज्ञापन
ncell

मेची, विपि, पृथ्वी, अरनिको राजमार्ग, मध्य पहाडी लोकमार्ग, कान्ति लोकपथ, बागलुङ कालीगण्डकी करिडोर, रसुवा त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्ड, रोल्पा रुकुम घोराही सहिद मार्ग पुर्ण रुपमा अवरुद्ध छन् ।

काठमाडौं । लगातार वर्षा र थप वर्षाको पूर्वानुमानका कारण मुलुकभरका विभिन्न १० राजमार्गरसडकमा आज राती पनि सवारी साधन सञ्चालनमा पूर्ण प्रतिवन्ध लगाइएको छ । नेपाल पहरीले सोमबार साँझ ६ बजे जारी गरेको सूचनाअनुसार मेची, विपि, पृथ्वी, अरनिको राजमार्ग, मध्य पहाडी लोकमार्ग, कान्ति लोकपथ, बागलुङ कालीगण्डकी करिडोर, रसुवा त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्ड, रोल्पा रुकुम घोराही सहिद मार्ग पुर्ण रुपमा अवरुद्ध छन् । प्रहरीले आफू यात्रा गर्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोधसमेत गरेो छ ।

बाटो अवरुद्ध भएको सम्बन्धी नेपाल प्रहरीको सूचना

१. जि. काभ्रेपलाञ्चोक / सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू (वि.पि. राजमार्ग) सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको ।

जि. काभ्रे / खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने वि.पि. राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै मिति २०८२।०२।२२ गते बेलुका १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको । बिहान ०४:०० बजे देखि बेलुका १८:०० बजे सम्म सम्पूर्ण सवारी साधनहरु सुचारु हुने ।

२.जि.मकवानपुर कान्ति लोकपथ बर्षातको कारण सबै किसिमका सवारी साधनहरुलाई रातिको समयमा रोक लगाईएको ।

मिति २०८२।०३।१८ गते बेलुका १७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको । 

३. जिल्ला इलाम मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।

मिति २०८३।०३।२३ गते १०:०० बजेको समयमा जिल्ला इलाम, इलाम न.पा.-९, राजदुवाली स्थित मेची राजमार्गमा वर्षाको कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्ने भएकोले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको (उक्त स्थानमा वैकल्पिक बाटो रहेको)

४. जिल्ला सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध ।

(क) मिति २०८३।०३।३१ गते ०८:३० बजे भोटेकोशी गा.पा.-४, जिरोकिलो अरनिको राजमार्गमा  सडक माथिबाट पहिरो खसी  बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।

(ख) मिति २०८३।०४।०१ गते ११:०० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. २ कोदारी स्थित अरनिको राजमार्गमा ईकु पहिरोमा सडक माथिबाट ढुङ्गा माटो सहित लेदो खसि पूर्ण रूपमा अवरुद्ध भएको ।

५. जि.बागलुङ कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध ।

मिति २०८३।०४।०१ गते जि. बागलुङ, जैमिनी न.पा. ०८, बेलबगर कालीगण्डकी करिडोर सडक खण्डमाथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।

६.जि.रसुवा त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध ।

मिति २०८३।०४।०३ गते अं.०७:३० बजे अबिरल बर्षाको कारण जिल्ला रसुवा उत्तरगया गा.पा. वडा नं.१ गुम्चेत स्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी कच्ची सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो आई पूर्ण रूपमा अवरुद्ध भएको ।

७.जि.रोल्पा रुकुम घोराही सहिद मार्ग पुर्ण रुपमा अवरुद्ध ।

मिति २०८३।०४।०३ गते अं.०६:५० बजे जि. रोल्पा माडि गा.पा.वडा न.६ हार्निङ स्थित रुकुम घोराही सहिद मार्गमा माथीबाट लेदो सहितको पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।

८. जिल्ला खोटाङ मध्य पहाडी लोकमार्ग दिक्तेल देखी भोजपुर जाने सडक खण्ड पूर्ण रुपमा अबरोध ।

मिति २०८३।०४।०३ गते १७:३० बजेको समयमा जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझूवागढी नपा ६ माम्खा स्थित मध्य पहाडी लोकमार्ग दिक्तेल देखी भोजपुर जाने सडक खण्डमा माथी बाट पहिरो झरी सडक पुर्ण रुपमा अबरोध भएको

९. जिल्ला चितवन इच्छाकामना गा.पा.३ फिस्लिङ स्थित पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध ।

मिति २०८३।०४।०४ गते ०२:२० बजेको समयमा जिल्ला चितवन इच्छाकामना गा.पा.३ पृथ्वीराजमार्गको फिस्लिङ स्थितमा अविरल वर्षाका कारण माथीबाट लेदो सहितको पहिरो आई सडक पुर्ण रुपमा अबरोध भएको

१०.जिल्ला ताप्लेजुङ मेची राजमार्गमा पहीरो झरी सडक पूर्ण रुपमा अवरुद्ध ।

मिति २०८३।०४।०३ गते ४:०० राती परेको अविरल वर्षाको कारण जिल्ला ताप्लेजुङ पाथिभरा याङवरक गापा-०१ खोक्से खोलाबाट ५० मिटर अगाडी मेची राजमार्गमा माथिबाट ढुङ्गा माटो सहित पहीरो झरी सडक पूर्ण रूपमा अवरोध भएको ।