सुनचाँदीको भाउमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितो २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।