राति १० बजेदेखि नारायणगढ-काठमाडौँ सडक बन्द हुने, अन्यत्र कहाँ कहाँ छ बाटो अबरुद्ध
बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म कास्की, गोरखा, स्याङजा, लमजुङ, बाग्लुङ, म्याग्दीमा लामो दुरीका रात्रिकालिन सवारी साधन चलाउन प्रतिवन्द
बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु कास्की, गोरखा, स्याङजा, लमजुङ, बाग्लुङ, म्याग्दी जिल्लाबाट छुट्ने लामो दुरीका रात्रिकालिन सार्बजानिक सवारी साधनहरुलाई पुर्ण रुपमा रोक लगाइएको छ ।
काठमाडाैँ । लगातार वर्षा र थप वर्षाको पूर्वानुमानका कारण नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, चितवनले आइतबार साँझ सूचना जारी गर्दै धादिङलगायत छिमेकी जिल्ला तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोक लगाइएको उल्लेख छ ।
यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति, चितवनले क्षमायाचना गर्दै आवश्यक सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (डीईओसी) को १२३४ तथा जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारीको ९८५५०१३९९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
यस्तो छ बाटो अवरुद्ध भएको सम्बन्धी नेपाल प्रहरीको सूचना
१. जि. काभ्रेपलाञ्चोक / सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू (वि.पि. राजमार्ग) सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको ।
जि. काभ्रे / खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने वि.पि. राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै मिति २०८२।०२।२२ गते बेलुका १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको । बिहान ०४:०० बजे देखि बेलुका १८:०० बजे सम्म सम्पूर्ण सवारी साधनहरु सुचारु हुने ।
२.जि.मकवानपुर कान्ति लोकपथ बर्षातको कारणअन्तर्गत चल्ने सबै किसिमका सवारी साधनहरुलाई रातिको समयमा रोक लगाईएको ।
मिति २०८२।०३।१८ गते बेलुका १७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको ।
३. जिल्ला इलाम मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।
मिति २०८३।०३।२३ गते १०:०० बजेको समयमा जिल्ला इलाम, इलाम न.पा.-९, राजदुवाली स्थित मेची राजमार्गमा वर्षाको कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्ने भएकोले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको (उक्त स्थानमा वैकल्पिक बाटो रहेको) ।
५. जिल्ला अर्घाखाँची सालझन्डि ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध ।
मिति २०८३।०३।२८ गते अ. १९:०० बजे जि. अर्घाखाँची, पाणिनी गा.पा.-२, ढुङ्ग्रेखोला स्थित सालझन्डि ढोरपाटन सडक खण्डमा माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।
४. जिल्ला सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध ।
(क) मिति २०८३।०३।३१ गते ०८:३० बजे भोटेकोशी गा.पा.-४, जिरोकिलो अरनिको राजमार्गमा सडक माथिबाट पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।
(ख) मिति २०८३।०४।०१ गते ११:०० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. २ कोदारी स्थित अरनिको राजमार्गमा ईकु पहिरोमा सडक माथिबाट ढुङ्गा माटो सहित लेदो खसि पूर्ण रूपमा अवरुद्ध भएको ।
५. जि.बागलुङ कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध ।
मिति २०८३।०४।०१ गते जि. बागलुङ, जैमिनी न.पा. ०८, बेलबगर कालीगण्डकी करिडोर सडक खण्डमाथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।
६.जि.रसुवा त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्ड पुर्ण रुपमा अवरुद्ध ।
मिति २०८३।०४।०३ गते अं.०७:३० बजे अबिरल बर्षाको कारण जिल्ला रसुवा उत्तरगया गा.पा. वडा नं.१ गुम्चेत स्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी कच्ची सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो आई पूर्ण रूपमा अवरुद्ध भएको ।
७.जि.रोल्पा रुकुम घोराही सहिद मार्ग पुर्ण रुपमा अवरुद्ध ।
मिति २०८३।०४।०३ गते अं.०६:५० बजे जि. रोल्पा माडि गा.पा.वडा न.६ हार्निङ स्थित रुकुम घोराही सहिद मार्गमा माथीबाट लेदो सहितको पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।
८.कोशी प्रदेशका पूर्ण रूपमा रोक लगाइएका जिल्लाहरु
विपद जोखिम न्यूनीकरणक लाई मध्यनजर राख्दै देशको विभिन्न स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेका ले सम्पुर्ण सडक खण्डहरुमा सवारी साधन आवागमन पुर्ण रुपमा रोक लगाइएको छ ।
1. ईलाम- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
2. तेर्ह्रथुम- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म(जिल्लाका सबै मार्ग)
3. संखुवासभा - मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०४:०० बजे सम्म(जिल्लाका सबै मार्ग)
4. भोजपुर- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०४:०० बजे सम्म(जिल्लाका सबै मार्ग)
5. धनकुटा- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
6. पाँचथर- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
7. खोटाङ- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
8. सोलुखुम्बु- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (सिद्दिचरण राजमार्ग,ओखलढुङगा तर्फ जाने)
९.बाग्मति प्रदेशका पूर्ण रूपमा रोक लगाइएका जिल्लाहरु
विपद जोखिम न्यूनीकरणक लाई मध्यनजर राख्दै देशको विभिन्न स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेका ले सम्पुर्ण सडक खण्डहरुमा सवारी साधन आवागमन पुर्ण रुपमा रोक लगाइएको छ ।
1. काभ्रे - मिति २०८३।०१।२२ गते बेलुका १८:०० बजे देखि बिहान ०५:०० बजे सम्म (बि.पी.मार्गा)
2. नुवाकोट- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका २२:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
3. धादिङ- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका २२:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
4. सिन्धुपाल्चोक- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका २२:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
5. मकवानपुर- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका २०:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
6. चितवन- मिति २०८३।०४।०२ गते बेलुका २२:०० बजे देखि अर्को सुचना प्रकाशित नभए सम्म रातको समयमा रोक लागाइएको (नारायणगढ –मुग्लिङ-काठमाण्डौ)
7. सिन्धुली- मिति २०८३।०१।२२ गते बेलुका १८:०० बजे देखि बिहान ०४:०० बजे सम्म (बि.पी.मार्ग)
१०. गणडकी प्रदेशका पूर्ण रूपमा रोक लगाइएका जिल्लाहरु
मि २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म यस गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु कास्की,गोरखा,स्याङजा,लमजुङ,बाग्लुङ,म्याग्दी जिल्लाबाट छुट्ने लामो दुरीका रात्रिकालिन सार्बजानिक सवारी साधनहरुलाई पुर्ण रुपमा रोक लगाइएको छ र बाँकी अन्य जिल्लाहरुबाट लामो दुरीका सवारी साधनहरु नछुट्ने
