सुन तोलामा १ हजार ९ सयले महँगियो, चाँदीको मूल्य पनि वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार सुन प्रतितोला १ हजार ९ सयले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार सुनको मूल्य प्रतितोला १ हजार ९ सयले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।