बिडारी, राउत र खत्रीलाई नाफिज आर्थिक पत्रकारीता पुरस्कार
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आर्थिक, सहकारी र बीमा क्षेत्रको पत्रकारितामा योगदान पुर्याएका तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
बिहीबार काठमाडौँमा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उर्जामन्त्री बिराजभक्त श्रेष्ठबाट पुरस्कार प्रदान गरिएको हो ।
यसवर्षको भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार सेतोपाटी डटकमका सुरेश बिडारीलाई प्रदान गरिएको छ ।
त्यस्तै, भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमकी रिता राउतले प्राप्त गरेकी छन् ।
यसैगरी, नेपाल निर्जीवन बीमा व्यवसायी संघ–नाफिज बीमा पत्रकारिता पुरस्कार बिमा पोष्ट डटकमकी रीना खत्रीलाई दिइएको छ ।