औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको भूमिका ‘घरजग्गा एजेन्ट’ जस्तो भएको संसदीय समितिको निष्कर्ष

विज्ञापन
ncell

बिहीबारको समितिको बैठकमा बोल्दै सभापति अन्सारीले सरकारी निकायका रूपमा रहेको लिमिटेडले औद्योगिक विकासमा भन्दा घरजग्गा एजेन्ट (रियल स्टेट ब्रोकर) को भूमिकामा बढी केन्द्रित देखिएको टिप्पणी गरेका हुन्।

काठमाडौँ । संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

बिहीबारको समितिको बैठकमा बोल्दै सभापति अन्सारीले सरकारी निकायका रूपमा रहेको लिमिटेडले औद्योगिक विकासमा भन्दा घरजग्गा एजेन्ट (रियल स्टेट ब्रोकर) को भूमिकामा बढी केन्द्रित देखिएको टिप्पणी गरेका हुन्।

विभिन्न औद्योगिक क्षेत्रको भ्रमण र अवलोकन गरेको जानकारी दिँदै सभापति अन्सारीले लिमिटेडले देखाएका सीमित सफल उद्योगहरूको मात्र अवलोकन गरिएको बताए ।

उनका अनुसार समितिले कोकाकोला, गोल्डस्टार र नेबिको जस्ता स्थापित उद्योगहरूको भ्रमण गरे पनि समग्र औद्योगिक क्षेत्रको अवस्था सन्तोषजनक नरहेको पाइएको छ ।

औद्योगिक क्षेत्रभित्र उद्योगका सट्टा शोरुम र वर्कसपहरू सञ्चालन भइरहेकोमा समितिले चासो व्यक्त गरेको छ ।