प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच भेट, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल
भेटमा पछिल्लो समय देखिएका वित्तीय क्षेत्रका अवस्था, पूँजी बजारको विकास, बैंकिङ प्रणालीको स्थायित्व तथा अर्थतन्त्रका विभिन्न पक्षबारे छलफल भएको बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । विहीबार प्रधामन्त्री शाहले गभर्नर पौडेललेलाई कार्यालयमा बोलाएर छलफल गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा मुलुकको सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् । भेटमा पछिल्लो समय देखिएका वित्तीय क्षेत्रका अवस्था, पूँजी बजारको विकास, बैंकिङ प्रणालीको स्थायित्व तथा अर्थतन्त्रका विभिन्न पक्षबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री र राष्ट्र बैंक नेतृत्वबीच भएको यो भेटलाई वित्तीय क्षेत्रको नीति तथा समग्र आर्थिक अवस्थाबारे नियमित समन्वयका रूपमा हेरिएको छ । गत सातादेखि प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग निरन्तर सम्वाद गरिरहेका छन् ।