वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वर श्रेष्ठको नियुक्तीलगायत यी हुन मन्त्रिपरिषद्का ५ निर्णय
मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने लगायतका विभिन्न ५ निर्णय गरेको हो ।
त्यसैगरि मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री मन्त्री सस्मित पोखरेलका अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । त्यसैगरि सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
