मुग्लिन-नारायणगढ सडकमा सवारी चलाउन दुईतर्फी निषेध चितवन प्रशासनले जारी गर्यो सूचना
निरन्तर वर्षा भईरहेका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
काठमाडौं । स्थानीय प्रशासनले मुग्लिन-नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जोखिमलाई मध्यनजर राखेर मुग्लिन-नारायणगण सडक खण्डमा हालका लागि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाएको हो ।
निरन्तर वर्षा भईरहेका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनले समत यात्रा सचेतना सम्बन्धी अनुरोध जारी गर्दै अत्यावश्यक कामबाहेक मुग्लिन-नारायणगढ सडक खण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।
सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलामा सडकमाथिबाट निरन्तर ढुंगा झरिरहेका कारण सडक दुई तर्फी अवरुद्ध छ ।
